Logo

गठबन्धनबाट माओवादी अलग्याउनु पर्छ भन्ने कोइरालाको अभिव्यक्तिप्रति कांग्रेस नेताहरुकै आपत्ति



१७ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वाम गठबन्धन बन्न दिनुहुँदैन भनेको अभिव्यक्तिप्रति कांग्रेसकै नेताहरुले आपत्ति जनाएका छन् ।

पार्टीको जिम्मेवार नेता भएर जनतामा नकारात्मक सन्देश जाने अभिव्यक्ति दिएको भन्दै कोइरालाको आलोचना भएको कांग्रेस नेताहरुले बताएका छन् ।

महामन्त्री कोइरालाले एमाले र माओवादीबिचको पार्टी एकता हुन नदिने रणनीति कांग्रोसले लिनुपर्ने बताएका थिए । तर काग्रेस नेताहरुले भने अहिलेको अवस्थामा यस्तो अभिव्यक्ति दिदा जनतामाझ रम्रो छाप बस्न नसक्ने तर्क गरेका छन् ।

आइतबार महामन्त्री कोइरालाले गठबन्धनबाट माओवादी अलग्याउने प्रयास सुरु गरिएको पनि उदघोष गरेका थिए ।

पोखरामा आइतबार भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी अध्यक्ष प्रचण्डलाई अलग्याउन सकिन्छ भनेर केही दिनमा आफूले पहल सुरु गर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्