Logo

कांग्रेससहित ६ दलले प्रदेश समानुपातिक सूची नियम विपरित बुझाएको ठहर, तीन दिनभित्र सच्याउन आयोगको चेतावनी



१७ पुस, काठमाडौं । समानुपातिकतर्फको सूचि निर्वाचन आयोगलाई बुझाउँदा दलहरुले नियम उल्लङ्घन गरेको पाइएको छ ।
नेपाली कांग्रेससहित ६ राजनीतिक दलले बुझाएको प्रदेशसभाको समानुपातिकको सूची त्रुटीपूर्ण भएको निर्वाचन आयोगले दाबी गरेको हो । आयोगले अब ३ दिनको समय दिएर प्रस्तावित नामावली सच्याउन पत्राचार गरिने बताएको छ ।

आयोगको सोमबार बसेको बैठकले कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सूची त्रुटीपूर्ण ठहर गरेको खुलासा गरेको हो ।

६ दलले पठाएको नामावलीमा क्रमसंख्या मिचेको, समावेशी समूह नमिलेको, महिलाको ठाउँमा पुरुष पठाएको जस्ता त्रुटी भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot