Logo

पत्रकार धमलाले एकै दिन दुई कलेजमा दिए ‘लेक्चर’



काठमाडौं, १८ पुुस । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमालले आज एकै दिन काठमाडौंमा अवस्थित् दुई कलेजमा ‘प्रयोगात्मक पत्रकारिता’बारे लेक्चर दिएका छन् ।

मंगलबार विहानै पत्रकार धमलाले मदन भण्डारी मेमोरियल कलेज र न्यूटन ईन्टरनेश्नल कलेजमा गएर प्रयोगात्मक पत्रकारितासम्बन्धी आफ्नो अनुभव सुनाएका थिए ।

पत्रकार धमलालाई सुरुवातमै विद्यार्थीहरुलाई कडा प्रश्न तेर्साए । धमलाले अहिलेसम्म नेपाली पत्रकारितामा युवा पुस्ताहरुको क्रेज, संभावना, चुनौति र अप्ठ्याराहरु बाँडे ।

उनले पत्रकारहरु क्रियाशिल हुन सक्नुपर्ने धारणा राख्दै भने,‘सुचना हुनुपर्छ । अपडेट हुनुपर्छ, निर्भिकता, अनुशासन, व्यवसायिकता पत्रकारिता हुनुपर्छ । मैले त विगत दुई देश र जनताको हितमा पत्रकारिता गर्दैछु ।’

उनले मुलुकको प्रणाली बलियो बनाउनुपर्नेतिर पत्रकारहरु जहिलेपनि प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने,‘अब राजनीति होईन, विकास र समृद्धिको विटलाई आधार बनाएर पत्रकारिता गर्नुपर्छ । विकासमा पत्रकारिताको प्रभाव पनि बढ्छ ।’

विद्यार्थीहरुले प्रश्न गरे किन राजनीतिमुखी भयो नेपाली पत्रकारिता ? भनेर । त्यसको लगत्तै उनले जवाफ दिए,‘अब त्यतातिर सोच्ने दिन गए, हाम्रो सम्पूर्ण ध्यान विकास पत्रकारितामा हुनुपर्छ, पत्रकारहरुको लागि पनि मापदण्ड हुन्छ, सुचना भेरिफाईड गरेरमात्रै पत्रकारिता गर्नुपर्छ ।’

उनले पत्रकारहरुमा आत्मविश्वास हुनुपर्नेमा जोड दिँदै भने,‘किताब पनि पढनुहोस् । तर डे–टु–डे अपडेट पनि हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्