Logo

सहमति गरेर मात्रै प्रदेश प्रमुख नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई प्रचण्डको सुझाब



१८ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमो भएको भेटका क्रममा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई राजनीतिक सहमतिमा मात्र प्रदेश प्रमुखहरु नियुक्त गर्न आग्रह गरेका छन् ।

भेटमा राष्ट्रिय सभा निर्वाचन र प्रदेश प्रमुखहरुको नियुक्तिबारे छलफल भएको थियो ।

प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको निजी सचिवालयले जनाएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिए । साथै उनले आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्