Logo

देउवालाई नवराज सिलवालको चुनौति : सक्छौ भने मलाई जेल हाल (भिडियोसहित)



१९ पुष, काठमाण्डौ । पक्राउ पुर्जी काटेर प्रहरीले खोजिरहेका पूर्व डिआइजी नवराज सिलवाल एक कार्यक्रममा लागि आइतबार नै मलेसिया गएका थिए ।

उनी मलेसिया भएकै बेला नेपाल प्रहरीको प्रधान कार्यालयले पक्राउ पुर्जी काटेर ललितपुर प्रहरीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको हो ।
नेपाल प्रहरीले पूर्व डिआईजी एवम् नेकपा एमालेका सांसद नवराज सिलवाललाई तत्काल पक्राउ गर्नको लागि मंगलबार पत्राचार गरेको हो ।

कतिपयले भने सिलवाल केही दिन यतादेखि भूमिगत भएको आशंका गरेका छन् । सिलवालाई कार्यसम्पादन मुल्यांकनमा किर्ते गरेको आरोपा लागेको हो । सोही विषयमा अनुशन्धानका लागि पक्राउ गर्ने तयारी गरिएको हो ।

केही दिन अघि मात्रै पत्रकार ऋषि धमलासँगको अन्र्तवार्तामा सिलवालले आफूसँग वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत रिसिबिई साँध्नलाई यस्तो हर्कत देखाएको भन्दै पक्राउ गरेर देखाउन चूनौति दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot