Logo

महेश जाजुको माग पूरा : प्रदेश एकको राजधानी विराटनगर



१९ पुष, काठमाण्डौ । विराटनगरका उद्योगि महेश जाजुको नेतृत्वमा गएको समुहले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश नम्बर १ को राजधानी विराटनगर तोक्न माग गरेका थिए ।

देउवाले जाजुको माग अनुसार नै राजधानी तोक्ने आश्वासन दिएका थिए । भयो पनि त्यस्तै । देउवा नेतृत्वको सरकारले अस्थायी राजधानीको खाका तयार पार्दा प्रदेश १ को राजधानी विराटनगरलाई उल्लेख गरेको छ ।

सरकारले प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को भक्तपुरको ठिमी, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढी अस्थायी मुकाम तोकेको छ ।

सरकारी कार्यदलले पनि विराटनगर नै उपयुक्त राजधानी हुने प्रतिवेदन पेश गरेको थियो । सोही अनुसार देउवाले काम गरेपछि जाजुसहित वालुवाटार पुगेका टिम मात्रै होइन प्रदेश नम्बर १ बासी नै सन्तुष्ट छन् । यद्यपी यस प्रदेशको राजधानी झापा हुनुपर्ने माग पनि नउठेको होइन ।

तर भौगोलिक रुपमा केन्द्रविन्दु नपर्ने भएकाले झापालाई राजधानी बनाउन दाबी गर्ने आधार कमजोर भएको हो ।



प्रतिक्रिया दिनुहोस्