Logo

प्रचण्ड र ओलीवीच वार्ता किन हुन सकेन ?, प्रचण्ड यसो भन्छन



काठमाडौं, १९ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच एकताको लागि तत्काल बैठक सुरु हुन नसकेपछि अहिले राजनीतिक बजारमा विभिन्न शंका तथा उपशंकाहरु उब्जिएका छन् ।
दुवै पार्टीका शीर्ष नेताहरुवीच वार्ता हुने भनिएपनि विभिन्न कारणले वार्ता हुन नसक्दा अहिले एकता नै नहुने हो कि भनेर शंका उब्जिएको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता भएरै छोड्ने उद्धघोष गरे ।

बुधबार साँझ खुमलटारस्थित् आफ्नो नयाँ निवासमा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने,“ओलीजी र मवीच वार्ता हुन्छ, अहिले उहाँ –ओलीजी) विरामी भएर बेड रेष्टमा हुनुहुन्छ । आज हुने भनिएको बैठक पनि त्यही कारणले हुन सकेन, उहाँ एक दुई दिनमा निको भएपनि बैठक बस्छ, अहिले प्रधानमन्त्री को बन्ने भन्ने कारणले बैठक बस्न सकेन भन्ने कुरामा कुनै सत्यता छैन।”

अध्यक्ष प्रचण्डले आफ्नो पहिलो प्राथमिकता पार्टी एकता भएकोले कार्यकर्तादेखि जनमत पनि एकताको पक्षमा भएकोले आफू पूर्ण रुपमा तयार रहेको सुनाए । उनले भने,“एकताको लागि ओलीजीसँग विशेष कुराकानी गरेर एकता संयोजन समितिको बैठक बस्छौं । एकता रोकिँदैन भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।”

त्यस्तै उनले आफूलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्री बन्नको लागि घुमाउरो प्रस्ताव आएको स्विकार गरे । उनले भने,“हो, मलाई कांग्रेसबाट प्रधानमन्त्री बन्न प्रस्ताव आएको छ, तर अहिले म गठबन्धन छोडेर प्रधानमन्त्री बन्ने कुनै सोचमा छैन् । म देशको समृद्धिको पक्षमा छु, अबको जीवन मुलुकको समृद्धिका लािग हो ।”

प्रचण्डले आफू अहिले कसैले दिएको प्रधानमन्त्री बन्ने मनशायमै मै नभएको पनि उल्लेख गदैृ भने,“हाम्रो ध्यान पार्टी एकता र स्थायी सरकारतिर छ, एमालेका शीर्ष नेताहरुसँग कुराकानी भैरहेको छ । हामी निरन्तर सम्वादमा छौं । छिट्टै बैठक बसेर एकता टुँगो लगाउँछौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot