Logo

ओली प्रधानमन्त्री बने लगत्तै चिनिया राष्ट्रपति सी जिनपिङ नेपाल आउने



२० पुस, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै चिनिया राष्ट्रपति सी जिनपिङ नेपाल आउने भएका छन् । चिनले ओली प्रधानमन्त्री बनेपछि सी जिनपिङ नेपाल भ्रमणमा आउने सन्देश पठाएको हो ।

चिनले माओवादी र एमालेबिच पार्टी एकतालाई पनि प्राथमिकतामा राखेको छ । दुई पार्टीबिच एकता भएर नयाँ सरकारको नेतृत्व ओलीले गरेपछि सी जिनपिङ नेपाल आउने जानकारी गराएको छ ।

नेपालमा कम्युनिष्ट सरकार बनेपछि चिनको नेपाल नीति फराकिलो बनाउनेसमेत उल्लेख गरेको छ । सम्बन्ध विस्तारका लागि नेपाललाई चिनले उच्च प्राथमिकतामा राखेको हो । विगतमा नेपाल–चिनबिच भएका सम्झौता कार्यान्वयनका लागि पनि चिनले अग्रसरता देखाउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot