Logo

नयाँ शक्तिलाई वैकल्पिक शक्ति बनाएरै छाड्ने बाबुराम भट्टराईको घोषणा



२० पुस, काठमाडौं । नयाँ शक्ति पार्टीको ल्वाङ बैठकले बैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने संकल्प गरेको छ । साथै, अब बन्ने नयाँ सरकार तथा कांग्रेससँग मुद्दाका आधारमा सहकार्य वा आलोचना हुने बताएको छ ।

चुनावमा अपेक्षाकृत परिणाम पाउन नसकेपछि समिक्षा गर्न कास्कीको ल्वाङ होमस्टेमा तीन दिनसम्म बैठक बसेको थियो । बैठकले पार्टीलाई सशक्त बैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्नेसहित १० बुँदे घोषणा पत्र जारी गरेको छ ।

कांग्रेससँग मुद्दामा सहकार्य हुन सक्ने तर, नयाँ शक्ति पार्टीलाई अलग्गै धार र स्वतन्त्र पहिचानसहित अघि बढाउने लक्ष्य उक्त पार्टीले लिएको छ ।

बैठकले आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने र ५ वर्षे कार्ययोजना बनाउने निर्णय भएको छ ।

सुरुमा पार्टी विस्तार र सुदृढिकरणमा लाग्ने र त्यसपछि समाजिक–राजनीतिक अभियान चलाउने र ५ वर्षपछि हुने चुनावमा शसक्त शक्तिमा पार्टीलाई स्थापित गर्ने दाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot