Logo

मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु



मुम्बई, २० पुस (रासस/एएफपी) : मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ ।

भारतको आर्थिक राजधानी सहर मुम्बइमा भएको यो तेस्रो भीषण आगलागी हो । यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ बर्षका दुई जना बालबालिका रहेका जनाइएको छ ।

मुम्बइको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा बिहीबार बिहानीपख आगोलागेको थियो । सो तल्लामा रहेको परिवारका सदस्यको सो आगालागीमा परी ज्यान गएको हो ।

यस आगलागीमा परेर घाइते भएका पाँच व्यक्तिको अस्पतालमा उपचार भइरहेको मुम्बइको प्रकोप व्यवस्थापन विभागका एकजना प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् ।

मुम्बइमा गत डिसेम्बर २९ मा पनि बजार र रेष्टुरेन्टमा भएको लागलागीमा परी १४ व्यक्तिको मृत्यु भएको थियो ।
मुम्बइमा अवस्थित एक मिठाई पसलमा भवन भत्किएर सुतिरहेका १२ जना कामदारको मृत्यु भएको एक हप्तापछि पुनः यो भीषण आगलागीको घटना भएको छ ।



प्रतिक्रिया दिनुहोस्