Logo

कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोलसहित कार्की पक्राउ



काठमाडौं, २० पुस । काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित सुवास कार्की पक्राउ परेका छन् । बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट उनी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको थियो । एउटा कटुवा र अर्को रिभल्वरसहित पक्राउ परेको परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्