Logo

निर्वाचन परिणामबारे समीक्षा नभएको भन्दै नेविसंघको विरोध



काठमाडौँ २० पुस : नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबसेको भन्दै मौन विरोध जनाएको छ ।

नेविसंघले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वले निर्वाचन सकिएको यति धेरै समय हुँदासम्म पनि बैठक नबोलाएको भन्दै मुखमा कालोपट्टी बाँधेर आधा घण्टा मौन विरोध जनाएको हो ।

नेविसंघका कोषाध्यक्ष शिव रिमालले पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कमजोर नतिजा आउनुको नैतिक जिम्मेवारी कसले लिने, पार्टीभित्र समीक्षा बैठक हुन नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षणका लागि मौन विरोध गरिएको जानकारी दिनुभयो ।

“पार्टीले कमजोर नतिजा ल्याएकोमा पार्टीभित्र गम्भीर समीक्षा हुनुप¥यो, यसका लागि तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने हाम्रो माग हो”– उहाँले भन्नुभयो ।

विरोध सभामा नेविसंघका केन्द्रीय सदस्य सुशील तिमल्सिना, अनिलकुमार शाही, अर्जुन बम, पुजन गन्र्धव, सुनिता पोख्रेल, पुनम लामा, एलिजा ढकालका साथै उपत्यकाभित्रका विभिन्न क्याम्पसका अध्यक्ष तथा स्ववियू सभापतिको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्