Logo

प्रचण्डको बढ्दो धार्मिक मोह, आज देवघाट पुगे



भरतपुर, २० पुस। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्भ धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटकाे भ्रमण गर्नुभएकाे छ।

भरतपुर महानगरकाे परिषदलाई उद्घाटन गर्न चितवन अाउनुभएका प्रचण्डले बिहीबार बेलुका परिवारसहित देवघाट भ्रमण गर्नुभएकाे हाे। भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुकाे अवलाेकन गर्नुभयाे।

साे क्रममा प्रचण्डले स्थानीय र देवघाटधामका बटुकहरुसँग फाेटाे खिच्नुभयाे, साथै व्यवस्थापन समितिका पदाधिकारीहरुसँग संक्षिप्त अन्तरक्रिया पनि गर्नुभयाे।

भ्रमणका क्रममा प्रचण्डले देवघाटलाई नेपालकाे धार्मिक पर्यटनकाे केन्द्र बनाउन अाफूले सक्दाे पहल गर्ने बताउनु भयाे।



प्रतिक्रिया दिनुहोस्