वासिङ्टन, संयुक्त राज्य अमेरिका, २१ पुस (रासस/एपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएका टिप्पणी गर्नुभएको छ ।
हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता ’देशद्रोहपूर्ण’ र ’मुलुकविरोधी’ भएको उल्लेख गरिएको थियो । यसै बिषयलाई लिएर ब्याननको निन्दा गर्दै राष्ट्रपति ट्रम्पले जारी एक बक्तव्यमा भनिएको छ,, ”ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उहाँले मानसिक सन्तुलन गुमाउनु भएको छ ।
एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको केही लिनुदिनु नरहेको र उहाँले ह्वाइट हाउसमा रहँदा आफूलाई महत्वपूर्ण व्यक्तिका रूपमा देखाउन सञ्चारमाध्यमहरूलाई सूचना चुहाएको बताउनुभयो ।
ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोप सार्वजनिक रूपमा नै अस्वीकार गर्दै आउनुभएको छ । यस विषयमा अमेरिकी विशेष संयन्त्रले अनुसन्धान गरिरहेको छ ।