Logo

ईक्यान चितवनको अध्यक्षका लागि खरेल र पुरीको उम्मेदवारी, सर्वसम्मतका लागि प्रयास जारी



पुस २१, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ ईक्यानको नयाँ नेतृत्वका लागि दुई जना अघि सरेका छन् । भोली हुने चुनावका लागि हालका सचिव हिम्मत पुरी र उपाध्यक्ष भानुभक्त खरेलले अध्यक्ष पदका लागि दाबी गरेका हुन् ।

दुवै जनाले आफ्ना एजेण्डासहित चुनावी अभियान जारी राखेका छन् । यद्यपी सर्व सम्मत रुपमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ । अध्यक्षका प्रत्यासी हिम्मत पुरीले दिएको जानकारी अनुसार अन्तिम समयसम्म पनि सर्वसम्मत रुपमा नै अध्यक्ष चयन गर्ने प्रयास भइरहेको छ ।
अध्यक्षका एक प्रत्यासी पुरीले विद्यार्थीहरुको शैक्षिक शुल्क विमा को लागि इक्यानकेन्द्रसँग सहकार्य गरी राज्यसँग नितीगत लाडाई लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पुरीले स्थानीय रुपमा रहेका आम शैक्षिक परामर्श व्यावसायीहरुलाई संस्थामा आवद्ध गराई संस्थालाई मजवुत वनाउने लगायतका थुप्रै एजेण्डा लिएर अध्यक्ष बन्ने दौडमा छन् ।

त्यसैगरी अर्का प्रत्यासी खरेलले विदेश पढ्न जाने धेरै भन्दा धेरै विधार्थीलाई शैक्षिक छात्रवृति प्राप्तिका लागि पहल गर्ने गराउने प्रतिवद्धता व्यक्त गर्दै आफूलाई अध्यक्षको प्रत्यासीको रुपमा उभ्याएका छन् ।

शैक्षिक परामर्श संघलाई मर्यादित, संगठित र नैतिक पेशा व्यवसायको रुपमा स्थापित गर्ने गराउने लगायतका थुप्रै एजेण्डा खरेलले अघि सारेका छन् ।

विदेश पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएको ईक्यानमा योग्य नेतृत्व पुग्न सके विद्यार्थीको वैदेशिक शिक्षासँग जोडिएका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot