Logo

थारु समुदायको विशेष पर्व माघी महोत्सव शुरु



इटहरी, २१ पुस (रासस) : तराई क्षेत्रका भूमिपुत्र थारु समुदायको विशेष पर्व माघी पर्वको अवसरमा आजदेखि सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा १० दिने माघी महोत्सव–२०७४ शुरु भएको छ ।

माघी अर्थात् नयाँ वर्षका अवसरमा थारु समुदायले तिल र भुजाको लड्डु, घुँगी, चिचिर, भात, रोटी, बयिया, हाँस र कुखुरा एवं माछाको मासु तयार पारेर महोत्सव अवधिमा थारु समुदायबीच एकापसमा शुभकामना आदानप्रदान गर्दै माघी पर्व मनाइन्छ ।
थारु समुदायले आफ्नो जातीय वेशभूषासँगै व्यावहारिक जीवनमा प्रयोग गरिँदै आएका विभिन्न सामग्री आदिका झाँकीसहित जातीय पहिरनमा धुमरा नृत्य आदि प्रस्तुत गर्दै माघी महोत्सवलाई विशेष आकर्षण प्रदान गरिएको छ ।

महोत्सव अवधिमा झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, धनकुटालगायत स्थानका थारु तथा आदिवासी जनजाति हजारौँको सहभागिता छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्र विश्वास र नवनिर्वाचित सांसद सीताराम मेहताले महोत्सव उद्घाटन गर्दै थारु समुदायको संस्कृति नेपालको पहिचान भएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्