Logo

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप



काठमाडौं, २१ पुस । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । २६ माघसम्म म्याद रहेका यी दुवै आयोगको म्याद थप गर्न कानून नै संशोधन गर्नुपर्ने भएकाले सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको कानूनमन्त्री यज्ञबहादुर थापाले बताएका छन् ।

नयाँ बन्ने संसदसम्म कुर्दा यी दुई आयोगको कार्यावधि सकिने भएकाले अध्यादेशमार्फत म्याद थप गर्ने प्रक्रिया अघि बढाउनु परेको मन्त्री थापाले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्