Logo

यो सरकारले सर्बदलीय सहमतिबिना अस्थायी राजधानी तोक्दैन : मन्त्री गौतम



२३ पुस, काठमाण्डौ । सिंचाईमन्त्री सञ्जय गौतमले सर्बदलीय बैठकबाट सहमति हुन नसकेकाले अस्थायी राजधानी तोक्न नसकिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री गौतमले अरु दलहरुले सहमति नगरेर सरकारको टाउकोमा जिम्मेवारी थपिदिएको अरोप लगाउँदै सहमतिबिना अस्थायी राजधानी तोक्न नसकिने स्पष्ट पारेका हुन् ।

“राजनीतिक दलहरुको भूमिका सरकारलाई चित्त बुझेन । अब प्रदश राजधानी तोक्ने काम प्रदेशसभाले गर्छ ।” मन्त्री गौतमले भने । “अझै पनि सहमति निर्माण हुन सक्छ भने छ ठिकै छ । होइन भने अपजसको भागिदार यो सरकार हुन चाहदैन ।”

आगामी सरकारको नेतृत्व गर्न तयार भए बसेका एमाले र माओवादीका नेताहरु निरपेक्ष बसेको गौतमको आरोप छ । आफूहरु नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्नका लागि तयार भएको भन्दै गौतमले संविधानले दिएको जिम्मेवारी अनुसार प्रदेश प्रमुख भने यही सरकारले तोक्ने बताए ।

“प्रदेश प्रमुख नतोकी बिचमै बहिर्गमन गर्दा प्रदेश सरकार कसरी बन्छ ? उनले प्रश्न गरे । “प्रदेश सरकारको गठन नगरी केन्द्रिय सरकारको कसरी कल्पाना गर्न सकिन्छ ?”

प्रदेशका अस्थायी राजधानी तोक्ने विषयमा सहमति नभएपछि अब प्रदेश सासंदहरुले काठमाण्डौमै आएर सपथ ग्रहण गर्ने उनको भनाई छ । वाम गठबन्धनका नेताहरुले सहमति नगरेसम्म आफूहरुले प्रदेश राजधानी नतोक्ने उनको स्पष्टोक्ति छ ।



प्रतिक्रिया दिनुहोस्