Logo

संवैधानिक निकायका प्रमुखको हरेक दुई महिनामा गोप्य समिक्षा, यस्तो छ रहस्य



२३ पुस, काठमाण्डौ । संवैधानिक अंगका प्रमुख, पदाधिकारी र सचिवहरुले दुईदुई महिनाको अन्तरमा छलफल गर्ने गरेका छन् । हरेक दुई महिनामा एक प्रमुखकोमा बसेर चिया खाने बहानामा कामको समिक्षा गर्ने गरेको महालेखा परिक्षक टंकमणि शर्माले बताएका हुन् ।

समिक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग र महालेखा परिक्षण कार्यालयका प्रमुख, पदाधिकारी र सचिवहरु बस्ने गरेको शर्माले बताए ।

पछिल्लो समय उनीहरु निर्वाचन आयोगका प्रमुख अयोधिप्रसाद यादवकोमा बसेको जानकारी शर्माले दिए । उक्त बसाईमा निर्वाचनको बारेमा समिक्षा भएको थियो । त्यसअघि अख्तियार प्रमुख दिप बस्न्यातकाहाँ बसेका थिए भने बस्नेतको बस्नुअघि लोकसेवा आयोगका प्रमुख उमेश मैनालीकोमा बसेर संवैधानिक निकायका बारेमा समिक्षा गरिएको थियो ।

अब परिक्षक शर्माको घरमा बस्ने सल्लाह भएको उनले जानकारी दिए ।  बैठकमा मैनाली, बस्न्यात, यादव र शर्माबिचमा विशेष कुराकानी हुने गरेको छ ।
“हाम्रो परम्परा हो, पहिलेदेखि बस्दै आएका छौँ, चिखा खान्छौँ, समिक्षा गछौँ ।” टंकमणि शर्माले भने ।



प्रतिक्रिया दिनुहोस्