Logo

अस्थायी राजधानी नतोकिने भएपछि सपथका लागि संसद सचिवालय अस्थायी भवन खोज्दै



२३ पुस, काठमाण्डौ । प्रदेशहरुको अस्थायी राजधानी नतोकिने भएपछि प्रदेश सभाका सासंदहरुले काठमाण्डौमै सपथ खानुपर्ने भएको छ । राजनीतिक सहमति नभएको खण्डमा सपथका लागि काठमाण्डौ नै अस्थायी राजधानीको रुपमा प्रयोग गर्न लागिएको हो ।

अस्थायी राजधानी नतोकिने लगभग पक्का पक्की भएपछि संसद सचिवालयले प्रदेश सासंदका लागि सपथ खाने ठाउँको खोजी सुरु गरेको छ । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न नसक्ने जानकारी गराएपछि सचिवालयले ठाउँको खोजी गरेको हो ।

सचिवालयले काठमाण्डौको राष्ट्रियसभा गृह, प्रज्ञा भवन, नेपाली सेनाको कार्यक्रम स्थल भद्रकाली, ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई उचित ठाउँको रुपमा अध्ययन गरिरहेको छ ।

सचिवालयका उच्च अधिकारीका अनुसार ति ठाउँहरुमा सरसफाईका कामसमेत सुरु गरिएको छ ।
सरकारले प्रदेश प्रमुख तोकेलगत्तै प्रदेशसभाका सदस्यलाई सपथ खुवाइने छ । प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित ३ सय ३० र समानुपातिकतर्फ २ सय २० जना निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्