Logo

कांग्रेससम्बद्ध कर्मचारी युनियनको अध्यक्षका लागि पोखरेलको उम्मेदवारी



काठमाडौँ, २३ पुष : नेपाली कांग्रेससम्बद्ध कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्ष पदका लागि गोपाल प्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचन प्रचारका क्रम मा हिडेका पोखरेल युनियन संघको पूर्व बरिष्ठ उपाध्यक्ष तथा हालका केन्द्रिय सदस्य हुन् ।

कर्मचारी युनियन संघको महाधिवेशन तथा नयाँ नेतृत्वको लागि निर्वाचन आगामी फागुन ८ देखि १० गतेसम्म चितवनमा हुनेछ । अध्यक्षमा विजयी भएमा सहकारीको स्थापना गर्ने प्रतिवद्धता जनाउँदै पोखरेलले आधिकारिक ट्रेड युनियनको आगामी निर्वाचनमा युनियन संघलाई पहिलो बनाउन हरसम्भव प्रयास गर्ने बताएका छन् ।

महाधिवेशनका लागि चितवन आउन लागेका ६०० भन्दा बढी प्रतिनिधिहरुले आफ्नो कामको मूल्यांकन गरी समर्थन गर्नेमा पोखरेल विश्वस्त देखिन्छन् । उनले आफूलाई वर्तमान अध्यक्ष सुबोध कुमार देवकोटाकोसमेत समर्थन रहेको बताए । पोखरेल युनियन संघको स्थापनाकालदेखि कै सक्रिय सदस्य मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्