Logo

प्रकोप प्रभावित क्षेत्रमा राहत पु¥याउन अध्यक्ष दाहालको आग्रह



काठमाडौँ, २४ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गरी खासगरी तराई–मधेशका जिल्लामा शीतलहर र झाडापखालाका कारण नागरिकले ज्यान गुमाउनुपरेकोप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवश्यक व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।

“तराई –मधेशका जिल्लामा शीतलहर र जाजरकोटमा झाडापखालाका कारण दर्जनौँ नेपाली नागरिकको ज्यान गएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”– अध्यक्ष दाहालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्