Logo

राष्ट्रपति र प्रधानमन्त्रीवीच भेटवार्ता, अस्थायी मुकाम तोक्न सुझाव



काठमाडौं, २४ पुस । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो ।

प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएको स्रोतको दाबी छ ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पनि सरोकारवाला पक्षसँग परामर्श गरेर अस्थायी मुकाम तोकेर अघि बढ्न राम्रो हुने सुझाव दिएको स्वीकार गरे । भेटमा प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot