राजविराज, २४ पुस : पछिलो एक सातादेखि सप्तरीमा बढेको चिसोका कारण तिरुहत गाउँपालिकामा आज एक जना वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिरुहत गाउँपालिका–१ निवासी अन्दाजी ६५ वर्षीया भटनीदेवी यादव रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जनाइएको छ ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो । योसँगै सप्तरी जिल्लामा चिसोबाट मृत्यु हुनेको संख्या १६ पुगे पनि प्रहरीले भने छ जनाको हालसम्म मात्र मृत्यु भएको पुष्टि गरेको छ । (रासस)