Logo

अदालतको आदेश आएको तीन घन्टापछि डा. गोविन्द केसी पक्राउ



काठमाडौं, २४ पुस । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । केसीलाई सर्वोच्च अदालतबाट नजिक रहेको सिंहदरवार प्रहरी प्रभागमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्