Logo

केसीमाथि सर्वोच्च अदालतले प्रतिशोध साँधेको एमालेको आरोप



काठमाडौं, २४ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

डा. केसीको अभिव्यक्तिबाट अदालतको अवहेलना भएको सर्वोच्च अदालतको फैसलालगत्तै प्रहरीले सोमबार राति त्रिवि शिक्षण अस्पताल महराजगन्जस्थित अनशनस्थलबाटै उनलाई पक्राउ पक्रेको हो । राति ८ बजेतिर पक्राउ गरिएका डा. केसीलाई महानगरीय प्रहरी प्रभाग अनामनगरमा राखिएको छ ।

केसीको पक्राउलाई लिएर एमालेले गम्भिर आपत्ति जनाएको छ। एमाले सचिव प्रदिप ज्ञवालीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,“यो केसीमाथिको प्रतिशोधमात्रै हो, यो कुराको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ।”

यसअघि सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीको अभिव्यक्तिले सर्वोच्च अदालत र मातहतका अदालतबाट भएका फैसला तथा न्यायालयको अवहेलना गरेको ठहर गर्दै डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामालाई प्रमुख माग बनाइ डा. केसीले सोमबार अपराह्न ४ बजेदेखि अनशन सुरु गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot