Logo

देउवा र निर्वाचन आयोगविरुद्ध एमाले खनियो, हेर्नुहोस कडा निर्णयहरु



काठमाडौं, २४ पुस : एमालेले कसैको दवाव र प्रभावमा नपरी संवैधानिक दायित्व पुरा गर्न निर्वाचन आयोग र नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न कामचलाउ सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा बसेको स्थायी समितिको बैठकले आफ्नो पूर्व कार्यतालिका अनुसार नै परिणाम सार्वजनिक गर्न आयोगलाई भनेको हो । परिणाम राष्ट्रपतिसमक्ष नबुझाउनु संविधानको भावना बिपरीत र अनुत्तरदायी बिषय भएको पनि आयोगलाई सम्झाएको छ ।

सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्ने तर प्रदेश प्रमुख तोक्ने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकार संघीयताको मर्म विपरीत संकिर्ण दलीय स्वार्थबाट संचालित भएको ठहर गरेको छ । साथै दुबै काम एकसाथ अघि बढाउन पनि एमालेले माग गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot