Logo

गोपाल पराजुलीसँग शक्ति, गोविन्द केसीसँग जनता : कहाँ पुग्ला लडाई ?



२५ पुस, काठमाण्डौ । विगत लामो समयअघिदेखि विभिन्न विकृतिविरुद्ध लडाई गर्दै आएका चिकित्सक गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेपछि तरङ्ग पैदा भएको छ । यसअघिका प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, शुशील कोइराला, केपी ओली, प्रचण्ड र हालका प्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई झुकाउन सफल केसीलाई प्रधानन्यायाधिश गोपाल पराजुलीले पक्राउ गराए ।

तर अहिले सडक तातिसकेको छ । सर्वसाधारण खुलेरै गोविन्द केसीको पक्षमा लागेका छन् । केसीको विपक्षमा पनि एक जमात छ । तर खुलेरै केसीको विरोध गर्न सक्ने वातावरण बनिसकेको छैन ।
किनकी केसीलाई भगवान ठान्नेहरुको जमात ठूलो छ ।

पक्राउ परेका केसीले सरकारले जेलमा राखे पनि अदालतमा पु¥याए पनि अर्थात जुनसुकै ठाउँमा भएपनि अदालतविरुद्धको अनशन जारी राख्ने बताएका छन् ।
प्रधानन्यायाधिशविरुद्ध सडक संघर्ष नै गर्ने केसीको मनसाय छ ।

तर प्रधानन्यायाधिश पाराजुली पनि कडा भएर निस्किएका छन् । अपहेलना मुद्दामा कसैलाई छोड्दिन भन्दै केसीविरुद्ध आक्रामक बनेका छन् ।
अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवा अन्जानमा रहेको जस्तो गरिरहेका छन् । गृहमन्त्रीसमेत रहेका देउवालाई केसी समातिएको थाहा नै छैन भनिरहेका छन् ।

तर देउवाले नाटक गरेको भन्नेहरु पनि छन् । गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्रीलाई प्रधानन्यायाधिश पराजुलीले नै पक्राउ गर्न दबाब दिएको बताइएको छ । पराजुलीको दबाबमा देउवाले प्रहरी मूख्यालयलाई केसी पक्राउ गर्न निर्देशन दिएको अनुमान गरिएको छ ।
तर देउवा आफूलाई केही थाहा नभएजस्तो गरिरहेका छन् ।

गोविन्द केसीको एजेण्डासँग एउटा पक्ष रुष्ट छन् । मेडिकल माफियाकै कब्जामा केसी छन् भन्नेहरु पनि छन् । नेपाली विद्यार्थी विदेश पठाएर कमिसन बाँडिने र त्यो कमिसन केसीले समेत लिने गरेको आरोप लगाउने पनि मेडिकल क्षेत्रमै छन् ।

तर यसको विपरित केसीले तीन करोड नेपालीको स्वास्थ्यका लागि म जस्तोसुकै बलिदान दिन तयार छु भन्दै आएका छन् । गर्दै पनि आएका छन् । त्यसैले केसीको पक्षमा जनसागर छ ।

तर अदालतको आदेश पालना गर्नुपर्ने कुरामा दुईमत छैन । त्यसैले पनि अदालती प्रक्रियामा अवरोध गर्न नहुने कतिपयको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्