Logo

चिसोबाट भूकम्प पीडितलाई बचाउन स्थानीय निकायमार्फत काम हुँदै



२५ पुस, काठमाडौं । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले चिसोबाट प्रभावित भुकम्प पीडितलाई कसरी सुरक्षित बनाउने भनेर प्रयास गरिरहेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले आफूहरुले काम गरिरहेको दाबी गर्दै चिसोबाट भूकम्प पीडितलाई बचाउनका लागि स्थानीय निकायमार्फत बजेट पठाएको बताए ।

स्थानीय निकायहरुले पनि पीडितको समस्या समाधान गर्न पहल गर्नुपर्ने भुसालको भनाई छ । चालु आर्थिक वर्षभित्र ६० प्रतिशतभन्दा बढि घर निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

लक्ष्य हासिल गर्नका लागि स्थानीय तहमा अनुगमन भइहेको उनको दाबी छ । अनुगमनका क्रममा केही कठिनाईहरु देखिएको भन्दै उनले समस्या समाधान गर्दै अघि बढ्ने बताए ।

अहिलेसम्म ६ लाख ६७ हजार भूकम्प पीडितले सम्झौता गरेर पहिलो किस्ताको रकम वितरण भइसकेको भुसालले बताए । भुसालले तराई–मधेशमा शीतलहरले प्रभावित जनताका लागि पनि कम्बल वितरण आजैदेखि सुरु गरिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्