Logo

बिहीबारसम्म प्रदेश मुकाम तोक्छु : प्रधानमन्त्री देउवा



‘गोविन्द केसीलाई राति तामझाम गरेर पक्राउ गर्नु गलत थियो’
काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल प्रदेश मुकाम तोक्ने निर्णय गरिने स्पष्ट पारेका छन् ।

मंगलबार पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री देउवाले अहिले देखिएको प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने काम आफूले छिट्टै हल गर्ने विश्वास दिलाएका हुन् । उनले भने,‘म अहिले देखिएको विवाद मिलाउँछु, दलीय सहमति हुँदा राम्रो यदि हुन सकेन भने बिहीबारसम्म निर्णय गराउँछु ।’

उनले प्रदेश प्रमुख र सपथ ग्रहण गराउने ठाउँ तोक्ने जानकारी दिए । देउवाका अनुसार प्रदेश सभाका सदस्यहरुलाई काठमाडौंमै सपथग्रहण गराउने भनेर यसअघि भएको हल्ला गलत भएको भन्दै ७ वटै प्रदेशमा सपथग्रहण गराईने उनको भनाई छ ।

त्यस्तै उनले पर्टीभित्र आफू अब कडा रुपमा प्रस्तुत हुने पनि स्पष्ट पारे । ‘पार्टीलाई संगठित बनाएर अघि बढ्छु । कांग्रेस हार्नुको कारण एक्लैले लिनेभन्दापनि सामुहिक जिम्मेवारी लिनुपर्छ भन्ने मेरो धारणा हो’–उनले थपे।

प्रधानमन्त्री देउवाले प्रहरीले डा. गोविन्द केसीलाई गिरफ्तारी गर्नु गलत भएको तर्क गरे । उनले भने,‘तामझाम भएर जानुहुँदैनथ्यो, अदालतको निर्णयको म विपक्षमा छैन, कानुनी राज्य र विधिको शासनको पक्षमा म छु, तर प्रहरीले राति यसरी गिरफ्तारी गर्नुहुँदैन्थ्यो।’



प्रतिक्रिया दिनुहोस्