Logo

ट्रकसँग माइक्रो बस ठोक्किदा दुईजनाको मृत्यु



परासी, २५ पुस । भैरहवा–भूमही सडक खण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा मंगलबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अरु चारजना घाईते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । परासीबाट भूमहीतर्फ जाँदै गरेको माईक्रो बस विपरित दिशाबाट आउँदै गरेको ट्रकसँग रामग्राम नगरपालिका रानिपाकडमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक रामग्राम नगरपालिका–५ परासीका २६ वर्षीय जितेन्द्रकुमार पाण्डे र बसमा रहेका रामग्राम नगरपालिका–२ पुरानो बैंकटोल बस्ने ३५ वर्षीय अरविन्द ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । रामग्राम–१६ का बस चालक हरिनारायण केवटको अवस्था भने गम्भीर छ ।



प्रतिक्रिया दिनुहोस्