Logo

नाट्टामा अध्यक्षका प्रत्यासी शर्माको प्यानलद्धारा १५ बुदे घोषणा पत्र सार्वजनिक



काठमाडौं । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को आसन्न निर्वाचनका लागि दिपेन्द्र कुमार शर्माको प्यानलले १५ बुदे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

नाट्टालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गनुपर्ने भन्दै मनोनयन दर्ता गरेको सो प्यानलले सोमबार होटल अन्नपूर्णमा विशेष पत्रकार भेटघाट तथा उम्मेद्धार परिचयात्मक कार्यक्रमको आयोजना आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा अध्यक्षका उम्मेद्धार दिपेन्द्र कुमार शर्माले सार्वजनिक गर्नुभएको प्रतिवद्धता पत्रमा नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउँदै संस्थाको विधानसम्मत अघि बढाउने, मध्य पूर्वबाट हुने एडीएम डिपोर्टीका लागि टिकेटिङ एजेन्टहरुमाथि परिरहेको आर्थिक भारलाई ध्यानमा राखेर एयरलाइन्सलाई नै बेहोर्न लगाउने, पर्यटन विभागले खारेज गरेका सम्पूर्ण इजाजत पत्रहरुलाई यथाशिघ नवीकरण गराउने उल्लेख छ ।

त्यसैगरी पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा यस क्षेत्रको समस्या समाधान गर्ने, ट्राभल, टुर तथा भ्याट, करसम्बन्धि समस्याहरुको समाधानका लागि सम्बन्धित संघसंस्थासँग संयुक्त कार्यदल बनाएर संघर्ष गर्ने, आन्तरिक तथा वाह्य पर्यटन प्याकेजहरुमा लाग्ने करको सहुलियतका लागि पहल गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ भने आएटासँग सम्बन्धित समस्या समाधानका लाग पहल, नाट्टाको आधुनिक भवन तथा आर्थिक दायित्व सुनिश्चितताका लागि कार्यक्रम तर्जुमा गर्नेसमेत भनिएको छ ।

आफ्नो प्यानल जितिसकेपछि सदस्यहरुको आम बैठक बोलाई अन्तक्र्रियात्मक कार्यक्रम गरी व्यवसायीहरुलाई आइपर्ने हरेक समस्या समाधानका लागि दीर्घकालिन योजना तर्जुमा गर्ने, आइएटा र युएफटा एउटै सिक्काका दुई पाटा हुन् भन्ने अधिकतम मुलुकहरुले आत्मसाथ गरिसकेको अवस्थामा यसबारे पुनरावलोकन गरी युएफटामा रहिरहने अथवा युएनडब्लुटिओसँग कुटनीतिक सन्निकटता बृढि गराउने पनि प्रतिबद्धता प्यानलले जनाएको छ ।

त्यस्तै नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागसँगको सहकार्यमा पर्यटन उद्योगलाई राज्यको प्राथमिकता दिलाउन पहल गर्ने प्रतिबद्धतापत्रमा भनिएको छ भने नाट्टा सचिवालयलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने, आर्थिक विषयमा मितव्ययिता अपनाउँदै संघको कोषलाई सुदृढ पार्न आर्थिक नियमावली जारी गर्ने तथा पर्यटनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संघसंस्थाहरुसँगको सामिप्तालाई बढाउँदै प्रतिवष कम्तिमा ४ वटा अन्तर्रा्ष्ट्रिय पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेलगायतलाईसमेत विशेष प्राथमिकतामा राखिएको छ ।

कार्यक्रममा महासचिवका प्रत्यासी विनय बस्नेतले आफुहरु संस्थाको विधानबाट निर्दे्शित मर्म र भावनालाई कदर गर्दै व्यवसायिक पक्षमा उभिएको बताउनुभयो ।

सो अवसरमा नाट्टाका पूर्वअध्यक्ष भोला थापाले नाट्टालाई कुनैपनि हालतमा राजनीतिबाट टाढा राखिनुपर्नेमा जोड दिदै यो विषयलाई अबदेखि विधानमै स्पष्ट उल्लेख गर्नुपर्ने सुझाव पेश गर्नुभयो ।

यता दिपेन्द्र कुमार शर्माको प्यानलबाट प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्धितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के।सि। भट्टराई कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डि।पि अर्याल (हरि)बेन्जु श्रेष्ठ (मुखिया), गीता ढकाल र विनोद कार्की रहनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्