Logo

डा. केसीको सुनुवाई भाेलि, केसी अझै थुनामै



काठमाडौँ, पुस २५ :  डा. गोविन्द केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा आफ्नो बयान दिने क्रममा सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

उनले अदालतमा दिएको बयानमा प्रधानन्यायाधीश पराजुलीले उमेर सच्याएर नागरिकता लिएको, उनको एसएलसी उत्तीर्ण सर्टिफिकेट नभेटिएको जस्ता विषयप्रधानन्यायाधीश पराजुलीलाई पदबाट हटाउनु पर्ने माग राख्दै अनसन बसेका केसीलाई अदालतको अवहेलना मुद्दामासोमबार प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको हो।

अदालतलाई बुझाइएकाे आफ्नो लिखित बयानमा केसीले प्रधानन्यायाधीश पराजुलीले जग्गा प्लटिङ गर्ने सरकारी नीतिविरुद्ध फैसला गरेको, कर तिर्न बाँकी भएको संस्थाको पक्षमा फैसला गरेको जस्ता विषयमा अनुसन्धान हुनुपर्ने माग राखेका छन्।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा केसीको मुद्दा बहस भएको थियो। आज बयान सकिएको छ। मुद्दाको सुनुवाइ भोलि हुनेछ।उनी अझै थुनामा नै रहेका छन्।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्