Logo

गोविन्द केसी भाग्ने अवस्था नरहेको स्पष्ट हुँदा हुँदै पनि पक्राउ गर्नु गलत : पूर्व न्यायाधिश केसी



२६ पुस, काठमाण्डौ । सर्वोच्च अदालतका पूर्व न्यायाधिश बलराम केसीले गोविन्द केसी पक्राउ प्रकरणलाई संचारमाध्यमले सामान्य रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले मानहानीको मुद्दा जोकोहीलाई पनि लाग्न सक्ने भन्दै अदालति प्रक्रिया प्रभावित हुने गरी कोही पनि प्रस्तुत हुन नहेने बताए ।

गोविन्द केसी कहीँ कतै भाग्ने अवस्था नरहेको स्पष्ट हुँदा हुँदै पनि प्रहरी लगाएर पक्राउ गर्नु गलत भएको कसीको भनाई छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधिश बलराम केसी

सामान्य पत्र पठाएर अदालनमा सोधपुछका लागि बोलाएको भए अवस्था सामान्य हुने सक्ने केसीको दाबी छ ।

“मेडिकल शिक्षा सुधारका लागि मरिमेटेको मान्छे, जसको कुनै स्वार्थ छैन । गोविन्द केसी भाग्ने मान्छे होइन ।” केसीले भने ।
मुद्दा परिसकेपछि अदालतमा बोलाएर बयान लिनु सामान्य प्रक्रिया भए पनि गोविन्द केसीलाई अदालत उपस्थित गराउने प्रक्रिया गलत भएको केसीले बताए ।

“समय लगाएर फैसला गर्ने कुरा हो यो । हतार गरेर हुँदैन । विपक्षीलाई पनि बयानका लागि तयार हुन समय दिनुपर्छ ।” केसीले भने ।



प्रतिक्रिया दिनुहोस्