Logo

पत्रकारिताबारे धमलाले दिए प्रवचन



भक्तपुर, २६ पुस । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पत्रकारितामा अनुशासन, लगनशिलता, मेहनत र निरन्तरता चाहिने बताएका छन् ।

बुधबार भक्तपुर क्याम्पसमा पत्रकारिता अध्ययनरत विद्यार्थीलाई नेपाली पत्रकारिता क्षेत्रको संभावना र चूनौतिबारे लेक्चर दिँदै सभापति धमलाले भने,‘पत्रकारितामा निरन्तरता र व्यवहारिक कार्यको आवश्यकत्ता छ, यो विषय गहन छ, यसको लागि पत्रकारहरु अध्ययनशिल र लगनशील हुनुपर्छ।’

उनले पत्रकारमा व्यवसायिकता, निर्भिकता, आत्मविश्वास, अनुशासन, साधरणता र सूचनाको पहुँच हुनुपर्ने स्पष्ट पारेका थिए । उनले पत्रकारहरु राजनीतिक प्रभावमा पर्नुभन्दा पनि व्यवसायिकता र जनमुखी हुनुपर्नेमा जोड दिए ।

उनले सूचनालाई व्यवस्थित् र मर्यादित तरिकाले प्रस्तुत गर्नुपर्ने पनि प्रकाश पारे । उनले भने,‘पत्रकारिता शोखको लागि भन्दापनि सक्रियताका साथ देश र जनताको हितमा गर्नुपर्छ, अनिमात्रै राम्रो हुन्छ।’

देशमा राजनीतिक संक्रमण सकिएको भन्दै अबको पत्रकारिता पनि आर्थिक विकास केन्द्रित हुनुपर्नेमा धमलाले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्