Logo

कञ्चनपुरको भीमदत्तनगर वृद्ध सेवा केन्द्रमा चिसोबाट तीनजनाको मृत्यु



भीमदत्तनगर, २६ पुस (रासस) : चिसो कठ्याङग्रिएर कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आश्रय लिइरहेका तीनजना वृद्धवृद्धाको मृत्यु भएको छ ।

बनखेतस्थित यस सेवा केन्द्रका अध्यक्ष शारदा चन्दका अनुसार चिसोका कारण गत सोमबार, मंगलबार र बुधबार एक÷एक जना गरी तीनजनाको मृत्यु भएको हो ।

सोमबार वद्धाश्रममा रहनुभएका ६५ वर्षीय गोपाल थापाको मृत्यु हुनुका साथै मंगलबार ७२ वर्षीय पदम लुहार र आज ९२ वर्षीय माता (बर्मा) को मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

मृतकको वृद्धाश्रम सञ्चालक समितिका पदाधिकारी र आश्रित महिलाले आफँै दाहसंस्कार गरेका छन् । “बिहान, बेलुका सधैँ दाउरा ल्याएर आगो ताप्ने प्रबन्ध पनि गरेकै छौं,” उहाँले भन्नुभयो – “दिनभर बूढाबूढीहरू आगो ताप्दै बस्छन् ।”

सेनाद्वारा दाउरा वितरण

लगातार बढिरहेको जाडो छल्न नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा र सिंहशार्दुल गुल्मले बुधबार भीमदत्तनगरको सुकुम्बासी टोल र वृद्धाश्रममा दाउरा वितरण गरेको छ ।

भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा सेनाले दाउराका साथै न्यानोका लागि चिनी र चियापत्तीसम्मेत उपलब्ध गराएको छ ।



प्रतिक्रिया दिनुहोस्