Logo

नेविसंघद्वारा निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै हस्ताक्षर अभियान शुरु



काठमाडौँ, २६ पुस (रासस) : नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै आज देशभर हस्ताक्षर संकलन अभियान शुरु गरेको छ ।

आइतबार आठवटा माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको नेविसंघले सरकारले आफ्ना माग पूरा गर्न आलटाल गरेपछि आजदेखि देशभरका क्याम्पसमा हस्ताक्षर अभियान शुरु गरेको हो ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले युवा बेरोजगार शक्तिलाई रोजगारको व्यवस्था, शैक्षिक पत्र धितो राखेर सहुलियत ऋणको व्यवस्था, इ–लाइब्रेरीको व्यवस्था, सबै स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना गर्नुपर्नेलगायतका माग राखेर हस्ताक्षर अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

“देशलाई समृद्धिको खुड्किलोमा चढाउनका लागि शिक्षामा परिवर्तन हुनु जरुरी छ, शिक्षाको विकासका लागि हाम्रो आन्दोलन हो”– उहाँले भन्नुभयो । अध्यक्ष महरले आफ्ना माग कार्यान्वयन नभएसम्म आन्दोलन जारी राखिने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्