Logo

एमाले कार्यवाहक अध्यक्षमा गौतम



काठमाडौँ, २६ पुस : नेकपा (एमाले)का कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका क्रममा आज बैंकक जानु भएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले अध्यक्ष नआउँदासम्मका लागि पार्टी सञ्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको बताउनुभयो । अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्