Logo

प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ



दाङ, २७ पुस (रासस) : प्राविधिक शिक्षा सञ्चालनका लागि दूधरास माध्यपमिक विद्यालयले महायज्ञ गर्ने भएको छ । उक्त विद्यालयले पत्रकार सम्मेलन गरी आगामी माघ १८ देखि २४ गते सम्म महायज्ञ आयोजना गर्ने जनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ आयोजक मूल समितिका संयोजक देवराज विश्वकर्माले विद्यालयमा इञ्जिनियरिङमा डिप्लोमा तहसम्मको पढाइ सञ्चालनका लागि महायज्ञ आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा सञ्चालनका लागि रु पाँच करोड आवश्यक पर्ने भएकाले त्यसका लागि सबैले सहयोग गर्न आग्रह गर्दै उहाँले महायज्ञमा प्रत्येक दिन साँझ ७ देखि १० बजेसम्म पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने कार्यक्रम भएको जानकारी दिनुभयो ।

महायज्ञमा तुलादान, धान्याचल, महायज्ञ, व्रतबन्ध नगद दानलगायतका विभिन्न कार्यक्रमसमेत गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्