Logo

ग्राण्डी अस्पतालको पाँचौ बार्षिकोत्सब बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर



काठमाडौँ, २७ पुस । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बर्ष तथा पाँचौ बार्षिकोत्सबको उपलक्षमा अघि सारेको बिशेष स्वास्थ्य परिक्षण प्याकेज जारी छ ।

यस महिनाभरकालागि संचालित स्वास्थ्य परिक्षण अफर अन्तर्गत पाँच जनवरीमा आँखाको मोतिबिन्दु परिक्षण शिविर र जनवरी १२ मा हाडजोर्नी सम्बन्धि शिविर सम्पन्न भइसकेको छ ।

अब १२ जनवरीका दिन स्त्री तथा प्रशुतिरोग सँग समबन्धित स्वास्थ्य परिक्षण प्याकेज उपलब्ध हुनेछ । जस अन्तर्गत चिकित्सकसँग निःशुल्क कन्सल्टेशन गर्न सकीनेछ भने आवश्यक बिभिन्न परिक्षणहरुमा ५० प्रतिशत छुट समेत उपलब्ध रहेको छ ।

त्यसैगरी, जनवरी १७ मा जेनरल सर्जरीसँग समबन्धित बिशेषगरी तौल बढीभएकाहरुका लागि चिकित्सकसँग निःशुल्क कन्सल्टेशन तथा आवश्यक बिबिध परिक्षणहरुमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

१९ जनवरीमा भने स्वास प्रश्वाससँग सम्बन्धित दम रोगको बिशेष परिक्षण शिविर संचालन गरिने भएको छ । यस अन्तर्गत पनि चिकित्सकसँग निःशुल्क कन्सल्टेशन गर्न सकीनेछ भने आवश्यक बिभिन्न परिक्षणहरुमा ५० प्रतिशत छुट समेत उपलब्ध रहेको छ ।

त्यसैगरी, जनवरी २४ मा न्युरो मेडिसिनसँग समबन्धित बिशेषगरी टाउको दुखाई, रिंगटालाग्ने तथा छारेरोग अर्थात मृगी रोगका बिरामीहरुका लागि चिकित्सकसँग निःशुल्क कन्सल्टेशन तथा आवश्यक बिबिध परिक्षणहरुमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

उता, २६ जनवरीका दिन भने मुटु रोग र बिशेषगरी उच्चरक्तचापसँग सम्बन्धित बिरामीहरुकालागि चिकित्सकसँग निःशुल्क कन्सल्टेशन तथा आवश्यक बिबिध परिक्षणहरुमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

जनवरी महिनाको अन्तिम दिन ३१ जनवरीका दिन भने नाक कान घाँटी र बिशेषगरी सुन्ने क्षमताका कमी आउँदै जाने समस्याबारे चिकित्सकसँग निःशुल्क कन्सल्टेशन तथा आवश्यक बिबिध परिक्षणहरुमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । यो अफर जनवरी महिनाभर जारी रहनेछ ।



प्रतिक्रिया दिनुहोस्