Logo

माधव नेपाल बंगलादेश प्रस्थान



काठमाडौँ, २७ पुस (रासस): नेकपा (एमाले)का नेता माधवकुमार नेपाल बंगलादेश मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने दुईदिने ‘आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुने आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

ढाकामा हुने बैठक शुक्रबार र शनिवार चल्नेछ । बैठकमा नेपाल सहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चासहित दलका २० जना सहभागी हुनुभएको नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो । बैठकमा एशियाका २० देशका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ ।

बैठकले २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल गरिने भएको छ । नेता नेपाल यही माघ १ गते स्वदेश फर्कन कार्यतालिका छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot