Logo

३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा



पुस २८, काठमाण्डौ । सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले यो निर्णय गरेको हो । २०३६ साल कात्तिक २७ गते मुलुकमा तत्कालिन शासन व्यवस्था परिवर्तनको लागि जुटेका स्थानीयमाथि तत्कालीन राज्व्य पक्षले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो । सो घटना छिन्ताङ काण्डको नामले परिचित छ ।

यस्तै आजको मन्त्रिपरिषद् बैठकले बैशाख १ देखि राष्ट्रिय आर्थिक गणनाको सूची आदेश जारी गर्ने निर्णय गरेको छ । लाईस्टक सेन्टर इनोभेशन आयोजनाका लागि विश्व बैंकले प्रदान गर्ने ८ अर्ब हारहारीको ऋण स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

त्यसैगरी सरकारले नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथीमा बढुवा गरेको छ । साथै उनलाई यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको छ ।



प्रतिक्रिया दिनुहोस्