Logo

माओवादीका बिना विभागीय मन्त्रीहरूले राजीनामा दिए



काठमाडौँ, २८ पुस । माओवादीका बिना विभागीय मन्त्रीहरूले आज राजीनामा दिएका छन्।माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधि समा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई बिना विभागीय बनाएका थिए ।

चार महिना अघि बिना विभागीय बनेपनि अहिलेसम्म राजीनामा नदिएका माओवादी मन्त्रीहरूले आज प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकाे सुनिश्चितताकाे लागि भन्दै बिना विभागीय भएपनि माअाेवादी मन्त्री सरकारमा बसिरहेका थिए।



प्रतिक्रिया दिनुहोस्