Logo

भोजपुरमा आगोलागीबाट एक घर जल्यो



सरिता राई : भोजपुर, २९ पुस । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकामा आगोलागी हँुदा एक घर जलेर नस्ट भएको छ ।गएराती टेम्केमैयुङ्ग गाउपालिका वडा नं. – ३ निवासी हर्क बहादुर अधिकारीको दूईतले खरको छानो भएको घर जलेर नस्ट भएको हो ।

आगो निभाउने क्रममा घर घनी ५० बर्षीय हर्क बहादुर अधिकारी समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पञ्जीयार थारुले जानकारी दिनुभयो ।

घाईते अधिकारीलाई अन्नपुर्ण स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आगोलागी बाट करिब पाँच लाख बराबरको क्षती भएको प्रहरीको भनाई छ । आगो प्रहरी र स्थानीयको सहयोगमा राती नैै नियन्त्रणमा लिइएको हो ।



प्रतिक्रिया दिनुहोस्