Logo

पाँच हजार कर्मचारी आन्दोलित (फोटोफिचर)



काठमाडौं, ३० पुस । स्थानीय निकायमा विगत आठ वर्षदेखि सामाजिक परिचालकको रूपमा काम गरेका पाँच हजार कर्मंचारी आन्दोलित भएका छन् ।

ऐेन/कानुनबोजिम राखिएका कर्मचारीलाई हटाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । संघले आइतबार काठमाडौमा सडक आन्दोलन घोषणा गर्दे खुलामञ्च टँुडिखेलबाट विरोध र्यालि निकालेको थियो । र्याली माइतिघर पुगी कोणसभामा परिणत भएको थियो ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले समाजिक परिचालन कार्यविधि २०७१ जारी गरी स्थानीय सेवा प्रदायक संस्थाको छनोट गरेको थियो । यसरी छनोट गरिएका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका हरेक वडामा एकजना सामाजिक परिचालन नियुक्त गरिएको थियो ।

तर, करारमा नियुक्त गरिएका परिचालकलाई पटक पटक म्याद थपिँदै काममा लगाए पनि सरकारले हटाएपछि उनीहरूले पुनर्बहाली गर्न माग गरेका छन् । लामो समयदेखि स्थानीय तहमा कार्यरत रहेर अहिले अचानक हटाइएपछि आफूहरू बेरोजगार बन्नु परेकाले सडक आन्दोलन गर्नुपरेको नेपाल सामाजिक परिचालक कर्मचारी संघकी अध्यक्ष सारिका राईले बताउनुभयो ।

सामाजिक परिचालक कर्मचारीहरूले आफूहरूलाई पुनर्बहाली गरी स्थानीय तहको कर्मचारीमा समायोजन गर्नुपर्ने, समायोजन गर्दा उमेरको हद नलाग्ने गरी गर्नुपर्ने र योग्यताका आधारमा समायोजन गर्नुपर्ने माग अघि सारेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्