३० पुस, काठमाण्डौ । पुुसको अन्त्य हुँदैगर्दा राजधानिको प्रमुख तरकारी बजार कालिमाटिमा निकै भीड लागेको छ । ठुलो होलसेल होस या फुटपाथ तरकारी पसल जँहातहि परम्परागत खाद्यान्न तरुल, पीडालु र सखरखण्डाले भरिएको देखिन्छ ।
कन्दमुल खाएर मनाइने माघे सक्रान्तिको पूर्वसन्ध्यामा यि खाद्यान्नको कारोबार बढेको हो । मकर संक्रान्ति, माघी आदि नामले चिनिने माघे संक्रान्ति नेपालको एक प्रमुख चाड हो । यस दिन तरुल, पीडालु र सखरखण्ड जस्ता कन्दमूल खाने गरिन्छ ।
पुसको पाक्य र माघको खाक्य भन्ने भनाइ नेपाली समाजमा निकै प्रचलित छ । पुस मसान्तिको दिन उसिनेको तरुल, पिडालु, सखरखण्डजस्ता परिकार माघे संक्रान्ति अर्थात मकर संक्रान्तिको दिन खाने प्रचलन रहँदै आएको छ ।
अघिपछि बजारमा फाटफुट रुपमा मात्रै देखिने तरुल लगायत कन्दमुलको व्यापर माघीको अवसरमा व्यापक हुने गर्दछ । तरुलको व्यापार विशेषगरी पुष महिनामा हुने गर्दछ । यसवर्ष माघीपर्व लागि लक्षितगरी कालिमाटि तरकारी तथा फलफुल बजारमा लगभग ७ सय टन तरुल आयात भएको छ ।
सवैभन्दा बढी आयात सर्लाहीबाट ३ सय ५० टन आयात भएको छ भने भारतबाट ५० टन आयात भएको छ । त्यसैगरी पाल्पा, काभ्रे, मकवानपुर, नवलपरासी, धादिङ चितवन लागयतका जिल्लाबाट पनि अयात भएको छ ।
विगतको तुलनामा यसवर्षभने तरुलको मुल्य बढेको छ । तराईमा शितलहरका कारण सोचेअनुसार तरुल आयात हुननसक्दा मुल्यमा बृद्धि भएको हो । वन तरुलको मुल्य ३ सय देखि ४ सय सम्म रहेको छ भने अन्य तरुलको मुल्य प्रतिकेजी ५० देखि ६० रुपयाँमा किनवेच भैरहेको छ ।
विगतमा तरुल प्रतिकेजी ३५ रुपयाँमा किनबेच भएको थियो । परम्परागत खाद्यान्न जस्तै पिँडालु, सखरखण्डको भाउ भने आकासिएको छ । कम उत्पादन र कम किनबेच हुने भएकाले पिँडालु, सखरखण्डको भाउ तरुलको तुलनामा आकासिकएको हो ।
माघीपर्वलाई लक्षितगरी शखरखण्डा १ सय ५ टन आयात भएको छ भने पिँडालु १ सय १६ टन आयात भएको छ । आयात अनुसारको खपत भैरहेको छ । शखरखण्ड प्रतिकेजी ३ सयमा किनबेच भएको छ भने पिँडालु प्रतिकेजी ३ सय ५० रुपैयाँमा किनबेच भैरहेका छ ।
अघिल्लो वर्ष १२ सय टन तरुल कालिमाटी भित्रिएको थिए भने यसपालि करिव ७ सय टन मात्र भित्रिएकाले मुल्यबृद्धि भएको हो । पुस मसान्तको दिन उसीनीएको परिकार संक्रान्तिको दिन खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने मान्यता रहेको छ ।
चाकुको व्यापार टोखामा
माघे संक्रान्तिका बेला बढि प्रयोग हुने चाकुको व्यापार बढेको छ । उपत्यकामा चाकु उत्पादनका लागि प्रख्यात मानिएको टोखामा अहिले चाकु व्यवसायीलाई भ्याइनभ्याई छ ।
टोखाका केही व्यापारीले चाकु उत्पादन गर्दै आएका छन् । चाकु उत्पादनमा प्रख्यात मानिएको टोखामा चाकूको व्यवसायबाट नै लाखौको आम्दानी हुने गरेको छ । माघे संक्रान्ति नजिकिएसँगै चाकुको व्यापार झनै बढेको हो । माघे संक्रान्ति नजिकिदै जाँदा अहिले टोखामा चाकुको व्यवसायिक उत्पादन गर्दै आएका व्यवसायीलाई भ्याई नभ्याई छ ।
माघे संक्रान्ति नजिकिदै जाँदा नेवारी समुदायमा चाखु संस्कृतिले बिशेष महत्व पाउने गर्दछ । चाकुको हरेक नेपाली समुदायमा छुट्टै महत्व रहेको छ । सक्रान्तिमा खपत हुने चाकु टोखामै उत्पादन हुने भएकाले पर्व नजिकिएसँगै टोखावासीको व्यस्तता बढेको हो ।
चाखु उत्पादनको केन्द« भनेर चिनिने टोखामा माघे संक्रान्तिको समयमा मात्र एक जना चाकु व्यवसायीले २५ देखी ३० लाख रुपैयाँ सम्मको व्यापार गर्ने गर्दछन् । अहिले टोखामा झण्डै दर्जनको भन्दा बढीको हाराहारीमा चाकु उद्योगहरु रहेका छन । उपभोक्ताहरुले टोखाको चाकुलाई अधिक मन पराउने गरेका कारण पनि टोखामा यो व्यवसाय फष्टाउँदो छ ।
त्यतिमात्र होइन, नयाँ पुस्तामा समेत यस व्यवसायमा आकर्षण देखिन्छ । तर पनि चाकुको मात्र उत्पादनले व्यवसाया धान्न भने सक्ने अवस्थामा पुगेका छैनन् । टोखामा उत्पादीत चाखु नेपालका स्थानिय बजारका साथै विदेशमा पनि निर्यात भईरहेको व्यवसायीहरु बताउदछन् । चाकु खाने संस्कृति र चाकु बनाउनमा बिशेष महत्व राख्ने टोखामा चाकु बनाउनको लागी चाहिने उखु त्यहि उत्पादन हुन्थ्यो ।
बढ्दो जनसङ्ख्या संगै टोखामा उखु उत्पादन घटे पछि सख्खर तराई तथा भारतबाट आयत गरिन थाले पनि चाकुको गुणस्तर पनि घटेको छ ।
व्यवसायीलाई मात्र नभएर बेरोजगार युवाहरुले पनि रोजगारीको अवसर पाएको चाकू उद्योगलाई व्यवस्थीत गरि आधुनिक मेसिनहरुको प्रयोग गरिनु आवश्यक छ ।
स्वदेशी तथा विदेशी बजारमा सिजन अनुसार बढ्दो माग रहेको चाकुका उद्योगहरुमा आधुनि मेसिन लगायत ल्याप टेष्ट्रहरुको पनि आवश्यकता रहेको छ । सिजनल रुपमा मात्र संचालन हुने भए पनि चाकु उत्पादनले विदेशमा पनि नेपाली उत्पादन निर्यात गरि देशको आर्थिक वृद्धिमा टेवा पु¥याउन मद्धत पुग्दछ ।
तस्विर : मुकुन्द कालिकोटे