Logo

ओलीद्वारा मकर सङ्क्रान्तिको शुभकामना



काठमाडौँ, १ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

माघ १ गते मनाइने माघी पर्व थारु समुदायमात्रको नभई आम नेपालीको विशेष पर्व हो भन्दै शुभकामना सन्देशमा अध्यक्ष ओलीले माघे सङ्क्रान्ति पर्वका रुपमा यसलाई सबै समुदायले कुनै न कुनै रुपले सम्झना गर्ने गरेको बताउनुभएको छ ।
माघीलाई थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेको उल्लेख गर्दै उहाँले नेपाल १२५ जाति र १२३ भाषाभाषी भएको देश भएकाले देशमा बसोबास गर्ने हरेक जातिको आ–आफ्नै सांस्कृतिक मूल्य मान्यता रहेको चर्चा गर्नु भएको छ ।

एक जातिको संस्कृतिलाई अर्को जातिले सम्मान गर्ने हाम्रो परम्परा नै रहेको बताउँदै अध्यक्ष ओलीले सरकारले माघी पर्वलाई राष्ट्रिय मान्यता प्रदान गरिसकेको परिप्रेक्ष्यमा आगामी दिनमा अपनत्वबोध हुने गरी भाषा, संस्कृतिको रक्षा र प्रवद्र्धनमा काम गर्ने विश्वास दिलाउनु भएको छ ।



प्रतिक्रिया दिनुहोस्