Logo

नेता पौडेलद्वारा मकर संक्रान्तिको शुभकामना



काठमाडौँ, ३० पुस (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गरी स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

नेपाल विविध जाति, भाषा, संस्कृति, परम्परा र चाडपर्व रहेको मुलुक भएको र यसकै माध्यमबाट राष्ट्रिय एकताको भावनालाई मजबुत बनाउन सहयोग पु¥याएको सन्दर्भमा नेपाली चाडपर्व र संस्कृतिको एक अभिन्न अंगका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले पनि नेपालीबीच आपसी प्रेम, सदभाव र सहिष्णुता अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने नेता पौडेलले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot