Logo

मकर संक्रान्तिले नेपालीबीचको एकता र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् : डा. महतो



काठमाडौँ, १ माघ । पूर्व सांसद, समाजसेवी एवम् चर्चित उद्योगपति डा. विरेन्द्र प्रसाद महतोले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै डा. महतोले यस्तो बताएका हुन् । सन्देशमा पूर्व सांसद डा. महतोले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ-आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

यस्ता पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने राष्ट्रपतिले विश्वास व्यक्त गरेका छन् । महतोले सन्देशमा भनेका छन,“हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।”

उनले सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

जारी सन्देशमा थप भनिएको छ,“हाम्रा विभिन्न मौलिक चाडपर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउँदै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ् गर्न मद्दत पु¥याइरहेका छन् ।”

माघे संक्रान्ति/माघी पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न र देशलाई आर्थिक समृद्धिको मार्गमा द्रुततर गतिमा अगाडि बढाउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी महतोले कामना पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्