Logo

राष्ट्रिय सभा निर्वाचन तयारीबारे आयोगले गरायो दलहरुलाई जानकारी



काठमाडौं, २ माघ । निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय दलका नेताहरुवीचको छलफल भर्खरै सम्पन्न भएको छ । आयोगको कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय सभाको निर्वाचन तयारीबारे जानकारी गराएका थिए ।

बैठकमा वाम गठबन्धनबाट नेताहरु सुवा नेम्बाङ, देव गुरुङ, राम नारायण विडारी र नारायणकाजी श्रेष्ठ थिए । यता कांग्रेसबाट नेता बालकृष्ण खाँण र रमेश लेखकको सहभागिता थियो । त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको पनि उपस्थिति थियो ।

बैठकपछि प्रतिक्रिया दिँदै एमाले नेता नेम्बाङले भने,‘आयोगले निर्वाचनको तयारीबारे हामीलई जानकारी गरायो, हामीले सुझाव राख्यौं ।’ उनले अहिलेसम्म वर्तमान सरकारले प्रदेश प्रमुख तोक्न नसकेको कुराहरु आफूहरुले राखेको पनि सुनाए । उनले भने,‘हामीले त भन्दै आएका छौं कि सरकारले गर्नुहोस् तपाईहरुको अधिकारको कुरा हो भन्यौं।’

निर्वाचन आयोगले पनि आज छलफलका लागि प्रमुख पाँच दललाई बोलाएको छ । प्रदेश प्रमुख नियक्तिमा भएको ढिलाई, त्यसले पार्ने प्रभाव, राष्ट्रिय सभा निर्वाचनको विधि र अन्य संवैधानिक तथा कानुनी जटिलतावारे छलफलका लागि आयोगले राष्ट्रिय दललाई बोलाएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको ४० दिन कटेपछि ती दुुवै सभाले पूर्णता पाएका छैनन् ।

विभिन्न कानुनी जटिलता देखाएर समानुपातिक तर्फको नतिजा रोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot